विदेशिनेको संख्या बढेपछि मागमा संकुचन, चार प्रतिशतले घट्यो आयात

Advertisement

काठमाडौं । माग बढाउने युवा जनशक्ति विदेशिंदा आयातको ग्राफ नै ओरालो लागेको छ । समग्र क्षेत्रको माग घट्दा आयातमा घट्दो क्रममा देखिएको हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षमा आयात ३.७९ प्रतिशतले घटेको छ । सामान्य अवस्थामा बढ्नु पर्ने आयात निरन्तर ओरालो लाग्दा समग्र अर्थतन्त्रमा नै असर देखिन थालेको छ ।

Advertisement

अर्थतन्त्रको विषयमा अर्थमन्त्रालयले गम्भीर विश्लेषण गरेको छैन। माग बढाउन सक्ने मुख्य युवा जनशक्ति विदेशीने क्रम बढ्दा मागमा अझै गिरावट आउन सक्ने देखिएको छ ।

भन्सार विभागले आज सार्वजिक गरेको तथ्यांक अनुसार चालु वर्षको पहिलो चार महिनामा ५ खर्ब १२ अर्बको आयात भएको छ । यस्तै गत आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब ३३ अर्बको आयात भएको थियो । भन्सारबाट संकलन हुने राजस्व आयात व्यापारमा आधारित भएकोले वस्तुको आयात बढ्दा राजस्व पनि बढ्ने र वस्तुको आयात घट्दा राजस्व समेत घट्ने गएको छ ।

भन्सार राजस्वमा महत्वपूर्ण योगदान दिने पेट्रोलियममा आधारित सवारी साधनको सट्टा न्यून महसुल भएका विद्युतीय सवारी साधनको आयात बढेको छ ।

पेट्रोलियम पदार्थबाट संकलन हुने राजस्वमा बढोत्तरी नहुनु, फलामजन्य वस्तुबाट प्राप्त हुने राजस्वमा गिरावट आउनु र चोरी पैठारी अपेक्षित रुपमा नियन्त्रण नभएको अवस्थामा समेत राजस्व सङ्कलनको वृद्धि दर उच्च देखिएको विभागको दाबी छ ।

 

Advertisement

Advertisement