‘नुवाकोट काठमाडौं नजिक भएर पछाडि परेको हो’

काठमाडौं–छहरे सुरुङमागको तयारी पूरा नभई साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन्ः महत

Advertisement

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको दावी गरेका छन् । शनिबार पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै सो दावी गरेका हुन् । 

‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ’ भन्दै महतले थपे, ‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो । टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो । त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौं वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’

Advertisement

उनले काठमाडौंमा राणाहरुको जो नजिक थिए, उनीहरुलाई रिझाएका थिए भन्दै ती व्यक्तिहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्थे भने । उब्जनी सहजै काठमाडौं पुर्याउनसक्ने ठाउँको जमिन उनीहरुले माग्थे गरेको महतले दावी गरे । 

उनले भने, ‘काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भए । काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित रहे । शिक्षाको विकास विशेषतः २०४६ पछि मात्र गति लिएको हो ।’ 

काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेको तर्क गर्दै दाहालले अब काठमाडौंबाट नुवाकोट नजिक बन्ने बताए । काठमाडौं–छहरे सुरुङ मार्गको काम आफूहरुले गरिरहेको महतको भनाई छ । 

नेता महतले यो सुरुङमार्गका लागि एक अर्ब बजेट पनि विनियोजन गरेको बताउँदै भने, ‘सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’

उनले थपे, ‘यहाँकै प्रकाशशरण महत अर्थमन्त्री हुनुभयो । बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइ त भन्ने तपाइँहरुलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन् । त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं ।  उहाँहरुले प्राथम्भिक अध्ययन गर्न गर्नुहुनेछ । उहाँहरुले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ ।’

मन्त्री महतले अध्ययन सम्पन्न भएपछि काठमाडौं–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्ने बताए । चार महिनामा यसको अध्ययन सम्पन्न गराउने उनले बताए । महतले त्यसपछि चीनले थप विकल्पहरु दिने महतले बताए । त्यसपछि सुरुङमार्गको प्रक्रिया अगाडि बढ्ने बताए ।’

वातावरणीय अध्ययन गरेपछि अन्तिम अध्ययन गरेर यस आयोजनाको काम अगाडि बढाउने बताउँदै उनले एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र आफु  यसमा लागिरहेको बताए । महतले भने, ‘सुरुङमार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन । एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइसराइ रोक्छ ।’

Advertisement

Advertisement