काठमाडौं । बिहीबार सुनको भाउ ह्वातै घटेको छ । अमेरिकी राष्ट्रपतिको चुनावमा फरक विचारका डोनाल्ड ड्रम्प विजयी भएसँगै सुनको मूल्यमा ठूलो प्रभाव देखिएको हो ।
यो प्रभाव कायम रहेमा सुनचाँदीको मूल्यमा भारी गिरावट आउने संभावना देखिन्छ । विशेषगरी मध्यपूर्वका द्धन्द्धको प्रभावले बढ्दै आएको सुनको मूल्य ट्रम्प आएसँगै युद्ध अन्त्यको संभावना बढेपछि भारी गिरावट आएको हो ।
आज सुनको मूल्य तोलामा चार हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला ५५ रुपियाँ घटेको छ । अघिल्ला दिनहरुमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै आएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ५ सय रुपियाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला एक हजार ९६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएसँगै त्यसैको असर नेपालमा पनि देखिएको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै सुनको मूल्यमा गिरावट आएको देखिएको छ । यसअघि नेपालमा सुनको मूल्य तोलाको एक लाख ७१ हजारसम्म पुगेको थियो ।