सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान

Advertisement

काठमाडौं । अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान प्रमुख अतिथि शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको हो ।

गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरिएको थियो । कम्पनीले कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा  अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलाई  उक्त रकम सहयोग गरेको थियो । 

Advertisement

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक  १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । 

कम्पनीले समाजमा सकरात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरुलाई सहयोग प्रदान  गर्दै आइरहेको छ । 

संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरले हालै सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
 

Advertisement

Advertisement