बुद्ध एयरको जहाज जनकपुरमा अवतरण गर्न सकेन, प्रधानमन्त्री  सेनाको हेलिकप्टरमा गए बर्दिबास

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता आएको छ ।

मंगलबार बिहान ८ः३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएको  त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

Advertisement

जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भए र प्रधानमन्त्री दाहाल काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन् । प्रधानमन्त्री त्यहाँबाट जनकपुर जाने तयारी छ ।

Advertisement

Advertisement