काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे ले जनकपुरमा धार्मिक पर्यटक बढाउने विषयमा छलफल गरेका छन् ।
साथै उनले आज पवित्र जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गर्दै जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका ब्रतालु तथा सर्वधारणसँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, संस्कृतिक एवं धर्मिक महत्व र मैथिली सभ्यतमा यसको प्रभाव लगायतका विषयमा जानकारी समेत लिएका छन् ।
सोही क्रममा मन्त्री पाण्डेले उपस्थित जनप्रतिनिधि लगायतका अगुवाहरुसँग जनपुरका धार्मिक महत्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचार प्रशार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तरक्रिया गरे ।
साथै उनले जनकपुरस्थित विमानस्थलको स्तरोउन्ती गरी भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जस्तै धार्मिक पर्यटकलाई जनकपुरमा ल्याउन सहज हुने विषयमा छलफल गरे ।
साथै मन्त्री पाण्डेले आजै जनकपुर विमानस्थलको समेत अनुगमन गरेका छन् । विमानस्थल अनुगमनका क्रममा नै विमानस्थल परिसरमा झन्डोउत्तोलन समेत गरे । विमानस्थलमा निर्माण भएको पानीको फोहोराको समेत उद्घाटन मन्त्रीले गरेका हुन् ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य मनिष झाले जनकपुरमा निर्माण भएका छठघाट लगायतका क्षेत्रको बारेमा मन्त्री पाण्डेलाई जानकारी गराएका थिए ।