काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन पक्राउ गरिएको २ दिन पछि शनिबार राति पुनः साढे ६ किलो सुनसहित १ व्यक्ति पक्राउ गरेका छन् ।
फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत राति ११ः५१ मा काठमाडौं अवतरण गरेका इजिप्टका नागरिक सरिफ मोहमद लासिम भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले पक्राउ गरेको हो ।
यही विमानमा गत बिहीबार राति दुबईबाट नेपाल ओर्लिएका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
केही समयअघि पनि ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।