काठमाडौं । विद्युतीय सवारी साधन ब्राण्ड उलिङको बिङ्गो सार्वजनिक भएको छ । उलिङका लागि नेपालको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले बिङ्गोलाई बजारमा ल्याएको हो । कम्पनीले यसको मूल्य ३१ लाख ९९ हजार निर्धारण गरेको छ ।
विङ्गोमा ३२ किलोवाट आवरको ब्याट्री र ४९ किलोवाटमो मोटर दिइएको छ । जसले फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । बिङ्गोको लम्बाई ३९५० मिलिमिटर, उचाई १५८० मिलिमिटरर चौडाई १७०८ मिलिमिटर छ । त्यस्तै यसको ग्राउण्ड क्लेयरेन्स १६५ मिलिमिटर रहेको कम्पनीले जनाएको छ ।
यसमा निकै आकर्षक ड्यासबोर्ड दिइएको छ भने २ वटा १० इन्चको स्क्रिन राखिएको छ । किलेस इन्ट्री, रिमोर्ट स्टार्ट, लेदर सिट, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल, मल्टिफङ्शनल स्टेरिङ ह्वील लगायतका फिचर्स दिइएको छ ।