मर्जर र एफपीओमा कर तिर्नेको संख्या ४५ पुग्यो, १३ अर्ब ५ करोड उठ्यो कर

Advertisement

काठमाडौ । मर्जर र एफपीओमा कर तिर्नेको संख्या ४५ पुगेको छ । अदालतले मुद्दा  खारेज गरेसंगै कर दाखिला गर्नेको संख्या बढेको हो । 

आइतबारसम्म मर्जर र एफपीओमा कर तिर्नेको संख्या ४५ पुगेको  ठूला करदाता कार्यालयका निर्देशक प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार यी बैंक तथा बित्तीय संस्थाबाट कूल १३ अर्ब ५ करोड कर असुल भएको हो ।

Advertisement

निर्देशक पौडेलले भने, ‘कम्पनीहरुले शनिबार नै कर दाखिला गरेपनी क्लियरिङमा समय लाग्दा हाम्रो प्रणालीमा आइतबार मात्रै देखिएको हो ।’

यसअघि सर्बोच्च अदालतले कम्पनीहरुले दायर गरेको मुद्दा नै खारेज गरेको थियो ।

Advertisement

Advertisement