एमालेको सिण्डिकेट तोड्दै नेफ्स्कुनमा नयाँ नेतृत्व

Advertisement

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को अध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् ।

नेफ्स्कुनको ३२औं वार्षिक साधारणसभाबाट निर्वतनमा अध्यक्षसमेत रहेका आफ्ना प्रतिस्पर्धी परितोष पौडेललाई हराउँदै ढकाल निर्वाचित भएका हुन् । ढकालले एक हजार १९६ मत ल्याउँदा पौड्यालले एक हजार १९ मत पाए । कुल दुई हजार २४९ मत खसेको थियो । 

Advertisement

पौडेल एमालेका कार्यकर्ता पनि हुन् । नेकपा एमालेको सहकारी विभागले बैठक बसेर नै उनलाई नेफ्स्कुनको अध्यक्षको उम्मेदवारको रुपमा अघि बढाउने निर्णय गरेको थियो । नेफ्स्कुनमा मात्रै नभएर समग्र सहकारी क्षेत्रमा एमालेको पडक र सिण्डिकेट छ । सोही कारण नेपालको सहकारी क्षेत्र व्यवसायिक र स्वतन्त्र ढंगले चल्न नसकी बदनाम बन्दै आएको छ । 

नेफ्स्कुनमा पनि एमाले र परितोषको सिण्डिकोट तोड्न यस पटक ढकालको नेतृत्वमा अरु एक भएका थिए । पौडेलले अध्यक्ष हुँदा नेफ्स्कुनमा स्रोत साधनको चरम दुरुपयोग गरेको, नेतृत्व प्रदान गर्न नसकेको, सहकारीको तालिम र प्रशिक्षणका नाममा अकुत रकम कमाएको आरोप लाग्दै आएको थियो । 

यस्तो छ विजयीहरुको सुचीः

undefinedundefinedundefined

Advertisement

Advertisement