यती कार्पेटको व्यापार ५२ प्रतिशतले बढ्यो, एक वर्षमा कतिको गर्यो कारोबार ?

Advertisement

काठमाडौं । यती कार्पेट प्रालिले १ वर्षमा ४६ करोड ३० लाख रुपैयाँ (प्रोभिजनल) बराबरको व्यापार गरेको देखिएको छ । केयर रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ का अनुसार कम्पनीले वर्ष सन् २०२३ मा सोबराबरको व्यापार गरेको हो । सन् २०२२ को तुलनामा सन् २०२३ मा ५२.३० प्रतिशतले धेरै भएको रिपोर्टमा उल्लेख छ । 

त्यसैगरी, कम्पनीले २०२२ मा ३० करोड ४० लाख र सन् २०२१ मा १९ करोड २० लाख रुपैयाँबराबरको व्यापार गरेको थियो । यसले ५७ करोड ४९ लाख रुपैयाँ कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये ४४ करोड ९९ लाख दीर्घकालीन (लङ टर्म) कर्जाका लागि ‘इक्राएनपी एलबी प्लस’ र छोटो अवधि (सर्ट टर्म) कर्जा १२ करोड ५० लाख रुपैयाँका लागि इक्राएनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको पनि इक्राको रिपोर्टमा उल्लेख छ । 

Advertisement

Advertisement

Advertisement