काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
उक्त कम्पनीले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६६१.५८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६९३ थियो ।
समायोजन गरिएको मूल्यबाट आइतबारदेखि उक्त कम्पनीको शेयर कारोबार हुनेछ ।