सहकारी महासंघमा एमालेको एकाधिकार कायमै, कांग्रेस छोडेर एमाले फर्किएकी मल्ल अध्यक्ष

Advertisement

काठमाडौँ । सहकारी संघसंस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघमा नेकपा एमालेले आफ्नो नियन्त्रण कायम राख्दै नयाँ नेतृत्व चयन गरेको छ । नेपाली कांग्रेस छोडेर नेकपा एमालेमा फर्किएकी ओमदेवी मल्लको अध्यक्षतामा महासंघमा सञ्चालक समिति चयन भएको छ । यसअघि पनि एमालेका मीनराज कंडेल महासंघको अध्यक्ष थिए । 

लामो समयदेखि एमालेले एकाधिकार कायम राख्दै आएको सहकारी महासंघको शनिबार सम्पन्न बार्षिक साधारणसभाले मल्लको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । 

Advertisement

मल्ललाई अध्यक्ष बनाउन एमालेको सहकारी विभागले निर्णय गरेर प्रस्तुत गरेको थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रनिकटहरुको बहिस्कारपछि सहमतिको प्रयास नगरी बिना प्रतिस्पर्धा नयाँ सञ्चालक समितिको नाम टाँस गरिएको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल, उपाध्यक्षहरूमा खेम पाठक, डीबी बस्नेत र इन्दिरा पन्त, सञ्चालकहरूमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी, बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल चयन भएका छन् ।

तीन सदस्य लेखा सुपरिवेक्षण समितिमा संयोजकमा भीम तुलाचन, सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी चयन गरिएको छ । उनीहरु सबै एमालेका कार्यकर्ता हुन् । यसअघि बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुनको निर्वाचनमा यसरी नै एमालेले निर्णय गरेर अध्यक्षमा उठाइएका उम्मेदवारलाई पतिनिधिहरुले हराएपछि महासंघमा चुनाव नगराई नेतृत्व चयन गर्ने परिस्थिति निर्माण गरिएको हो । उक्त चुनावमा हारेका परितोष पौडेललाई महासंघमा राखिएको छ । एमालेले सहकारी क्षेत्रसँगै एनजीओ, आईएनजीओ, सामुदायिक वन उपभोक्ता समूह आदिलाई भोट बैंकको रुपमा प्रयोग गर्दै आएको छ  । 

Advertisement

Advertisement