वाणिज्य बैंकहरूको ब्याजदर घटेर एकल अंकमा आइपुग्यो, कसको कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर भोलि अर्थात् माघ १ गतेदेखि लागू हुनेछ । पुसको तुलनामा माघका लागि अधिकांश बैंकले ब्याजदर घटाएका छन् । तरलतायोग्य रकम थुप्रिन थालेपछि बैंकले निक्षेपको ब्याजदर घटाउन थालेका हुन् । तर, एनएमबि र एभरेस्ट बैंकले भने पुस महिनाकै ब्याजदर यथावत् ९स्थिर० राखेका छन् । योसँगै वाणिज्य बैंकतर्फको ब्याजदर अब एकल अंकमा झरेको छ । 

यसरी हेर्दा माघ महिनाका लागि औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर ८.१२ प्रतिशत कायम भएको छ, जुन पुसमा ८.९६ प्रतिशत थियो । पुसको तुलनामा माघका लागि बैंकहरूको ब्याजदर औसतमा ०.८४ विन्दुले घटेको देखिएको छ । 

Advertisement

माघमा कसको कति ब्याजदर ?

एनएमबि बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेको छ । यसअघि बैंकले पुसमा पनि सोही ब्याजदर कायम गरेको थियो । त्यसैगरी,  एभरेस्ट बैंकले माघमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत तोकेको छ । पुसमा पनि बैंकले यही ब्याजदर कायम गरेको थियो । 

माघका लागि संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको नेपाल बैंकले यसअघि पुसमा संस्थागततर्फ ७.०५६ प्रतिशत र व्यक्तिगततर्फ ८.५५६ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, कुमारी बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले पुसमा भने व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत ब्याजदर निर्धारण तोकेको थियो । 

लक्ष्मी सनराइज बैंकले भने माघका लागि संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले पुसमा भने संस्थागततर्फ ७.५० प्रतिशत र व्यक्तिगततर्फ ९ प्रतिशत ब्याजदर दिएको थियो ।

साथै, प्रभु बैंकले ब्याजदर घटाएको छ । बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले पुसमा भने संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

माघ महिनाका लागि संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर तोकेको एनआईसी एशिया बैंकले पुसमा चाहिँ संस्थागततर्फ ६.६७ प्रतिशत र व्यक्तिगततर्फ ८.६७ प्रतिशत ब्याज दिँदै आएको थियो । 

कृषि विकास बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत ब्याजदर तोकेको छ । पुसमा बैंकले संस्थागततर्फ ७.०१२ प्रतिशत र व्यक्तिगततर्फ ९.०१२ प्रतिशत तोकेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले पनि पुसको तुलनामा माघका लागि ब्याजदर घटाउँदै व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले पुसमा व्यक्तिगततर्फ ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत दिएको थियो । 

यता ग्लोबल आइएमई बैंकले पनि व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

हिमालयन बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ८.६०३ प्रतिशत र संस्थागततर्फ ६.६०३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

साथै, व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको नबिल बैंकले पुसमा व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत तोकेको थियो ।

माघकै लागि व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुसमा भने व्यक्तिगततर्फ ८.५६ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सानिमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर दिने भएको छ । यसअघि बैंकले पुसमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

प्राइम बैंकले पनि ब्याजदर एक अंकमा झारेको छ । माघका लागि व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको बैंकले पुसमा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको थियो । 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले पुसमा व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेको थियो । 

र, व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको माछापुच्छ्रे बैंकले भने पुसमा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिँदै आएको थियो । 

Advertisement

Advertisement