बरुण वेभरेजले नक्कली बिल खरिद गर्न खडा गर्यो २९ वटा कम्पनी (प्रमाणसहित)

Advertisement

काठमाडौं । बरुण वेभरेजले नक्कली बिल खरिद गर्न २९ वटा फर्जी कम्पनी दर्ता गरेको खुलासा भएको छ । कम्पनीले राजस्व गर्न समान खरिद नगरी बिल मात्रै खरिद गर्न २५ भन्दा बढी फर्जी कम्पनी खडा गरेको हो ।

राजस्व अनुसन्धान विभागले २०७५ फागुन ५ गते वेभरेजको कारोबारस्थलमै गएर छापा मारेको थियो । जसबाट ५ कम्पनीको हिसाब खाता बरामद गरेको थियो । कम्पनीको हिसाब खाता र ठूला करदाता कार्यालयमा पेश गरेको विवरण दाँजेर हेर्दा नक्कली बिजकको प्रयोग गरेको पुष्टी भएको हो ।

Advertisement

परमेश्वर शाह र जयकिशोर शाहको नाममा १० वटा कम्पनी दर्ता भएको छ । यी व्यक्तिको नाममा वे टु वे बिजनेश लिंक, अन द वे ट्रेड लिंक, लक्की ट्रेड एण्ड सप्लायर्स प्राली, गुडलक ट्रेड एण्ड सप्लायर्स प्राली, डेफोडिल कन्सर्न प्राली दर्ता भएको छ । यस्तै सुप्रिम बिजनेश ट्रेड लिंक प्राली, कामना ट्रेड एण्ड सप्लायर्स प्राली, दीक्षान्त ट्रेड प्राली, रोज बिजनेस सप्लायर्स र ताभ्या इन्टरनेश्नल सप्लायर्स दर्ता गरेको भेटिएको छ ।

यी फर्महरुले वास्तविक वस्तु तथा सेवाको कारोबार नगरी बिलको मात्रै कारोबार गर्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । यस्ता फर्महरुले बिलक बिक्री गरी बैंकिङ च्यानलबाट रकम लिने र पुन कम्पनीको संचालनलाई नै रकम फिर्ता गर्ने गरेका थिए ।

बरुण वेभरेजलाई बिल मात्रै बिक्री गर्नका लागि विनोदकुमार अग्रवाल र विकास अग्रवालले पनि १२ वटा फर्म दर्ता गरेका थिए । जसमा अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राइजेज, स्मारिका जनरल सप्लायर्स आर्यन ट्रेडिङ कन्सर्न, निशिला ट्रेडिङ, नाइस ट्रेडिङ, प्रसुमा सप्लारयर्स प्राली रहेका छन् । यस्तै सिसम ट्रेड इन्टरनेश्नल, सुशिम ट्रेड इन्टरप्राइजेज प्राली, अनमिका ट्रेडर्स, जेनिशा ट्रेड एण्ड सप्लायर्स र श्री अन्तु जनरल सप्लायर्स रहेका छन् ।

यी १२ फर्महरुले पनि बरुण वेभरेजलाई नक्कली बिजक बिक्री गर्ने गरेको प्रमाण सहित विभागले अदालतमा बुझाएको छ ।​

यसैगरी विभागमा प्राप्त सूचना तथ्यांक र बैंङ्क विवरण समेतबाट झुट्टा तथा नक्कली बिजकको कारोबार गर्ने थप कम्पनी पत्ता लगाएको छ। जसमा सहनी ट्रेडर्स, ग्लोबल इन्टरनेश्नल प्राली, न्यु बिजनेश ट्रेडर्स, श्री आरपी ट्रेडर्स हिमालयन सप्लायर्स प्राली, द भिजन इन्टरप्राइजेज र जिमी सप्लायर्स प्रालि रहेका छन् ।

यी २९ वटा फर्महरुबाट वरुण वेभरेजले ७१ करोड ४० लाख ५५ हजार ५ सय ३० रुपियाँ बराबरको नक्कली बिजक खरिद गरेको प्रमाणित भएको छ । विभागले सो रकम बराबरको नक्कली बिजकको प्रमाण सहित पेश गर्दा पनि उच्च अदालत पानका न्यायधिसद्धय धीर बहादुर चन्द र जनक पाण्डेले २७ करोड १३ लाख ४१ हजार मात्रै बिगो असुल गर्न आदेश दिएको छ ।

undefined

undefined

 

Advertisement