शेयर बजार दोहोरो अंकले घट्यो, तीन अर्ब ८६ करोडमा खुम्चियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । हिजो झिनो सुधार देखिएको बजार साताको अन्तिम दिन आज फेरि घटेको हो । नेप्से तल झरेसँगै आज कारोबार रकम पनि ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.४६ अंकले घटेको हो । ०.६९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६२.०३ अंकमा झरेको छ ।

Advertisement

आज ३०५ कम्पनीका १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लख १८ हजार ७ सय ४१.९८ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि दुई कम्पनीमा भने पोजेटिभ सर्किट लाग्यो । बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तका शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.७० प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको २२ कारेड ८५ लाख ७६ हजार २ सय ६७.१० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार १०.५० अंकले बजार घट्दा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२.१६ रुपियाँ, सोमबार १५.३३ अंकले बजार बढ्दा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८.४८ रुपियाँ, मंगलबार ३०.५६ अंकले बजार तल झर्दा ४ अर्ब ६६ करोड ७१ लख ७९ हजार ३ सय ४.१४ रुपियाँ र हिजो बुधबार ५.९१ अंकले बजार बढ्दा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५.२६ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 
   
 

Advertisement

Advertisement