आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षा, पहाडी भू-भागमा हिमपातको सम्भावना

Advertisement

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाले ​देशभर आंशिकदेखि साधारणतया बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज​ दिउँसो कोशी प्रदेशलगायतका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

कोशीलगायत बागमती र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, ​राति  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement