काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न ४० पदका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट दरखास्त माग गरेको छ ।
आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिमा नवौँदेखि पाँचौं तहसम्मका लागि केन्द्रले आवेदन मागेको हो ।
परीक्षाको किसिम लिखित तथा अन्तर्वार्ता रहेको छ । त्यस्तै प्रयोगात्मकका हकमा सो लागू हुने केन्द्रले जनाएको छ ।
आवदेकले चैत १ गतेसम्म केन्द्रको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा गएर आवेदन बुझाउन सक्नेछन् ।