होम एण्ड किचेन सोलुसन ब्राण्ड ‘पिजन’ नेपालमा

Advertisement

काठमाडौं । लक्ष्मी इलेक्ट्रोटेक प्रालिले भारतको सबैभन्दा ठूलो होम एण्ड किचेन सोलुसन ब्राण्ड ‘पिजन’ नेपालमा ल्याएको छ । लक्ष्मी इलेक्ट्रोटेक प्रालि लक्ष्मी ग्रुपको सहायक कम्पनी हो । 

उक्त अवसरमा आयोजित कार्यक्रममा लक्ष्मी इलेक्ट्रोटेकका निर्देशक तथा पिजन इन्डियाका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ३० भन्दा बढी प्राइम डिलरहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मिक्सर ग्राइन्डर, कुकटप, आइरन र इन्डक्सन कुकटप जस्ता केही राम्रो स्वीकृत वस्तुहरू प्रदर्शनमा थिए ।

Advertisement

पिजनको मुख्यालय बैंगलोर, कर्नाटक – भारतमा अवस्थित छ । उक्त ब्राण्ड भित्रिएसँगै नेपाली उपभोक्ताहरूलाई प्रतिस्पर्धी मूल्यहरूमा उच्च गुणस्तरको घर र किचन समाधानहरू प्रदान गर्न समर्पित रहने कम्पनीले जनाएको छ । 

लक्ष्मी ग्रुपका निर्देशक अनुकुल श्रेष्ठले पिजनसँगको सम्बन्धले कम्पनीको नेपालको बजारमा पाइला राख्ने प्रयासमा अर्को कोसेढुङ्गा भएको बताउँदै पिजन अधिकारीहरूले लक्ष्मी इलेक्ट्रोटेकसँगको दीर्घकालीन साझेदारीलाई थप आश्वस्त पारे । 

Advertisement

Advertisement