काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड १९ लाख ६४ हजार २ सय ५१ कित्ता शेयर सूचीकृत भएको छ । एक विकास बैंकको बोनस शेयर र एक हाइड्रो कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको हो ।
यसैक्रममा मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ९.५० प्रतिशत बोनस शेयर बापतको ९ लाख ६४ हजार २ सय ५१.३६५ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै घलेम्दी हाइड्रोले प्रदान गरेको २०० प्रतिशत हकप्रद बापतको १ करोड १० लाख कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।