काठमाडौं । दुई कम्पनीको हकप्रद शेयर सुनिश्चित गर्ने आज (कात्तिक २०) अन्तिम दिन रहेको छ ।
हकप्रद निष्कासन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले भोलि (कात्तिक २१) गते बुक क्लोज गर्दैछन् । अतः आजसम्म शेयर किन्नेले यी दुई कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
बलेफी हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ ।
त्यस्तै, लिबर्टी इनर्जीले हाल कायम चुक्ता पुँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।