नौ निर्माण कम्पनी सरकारको कालोसूचीमा, कुन-कुन परे ? (सूचीसहित)

Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । 

संघीय तथा स्थानीय तहबाट कालोसूचीमा राख्न सिफारिस भएपछि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीको अवधिदेखि न्यूनतम ६ महिनादेखि अधिकतम तीन वर्षसम्म रहेको छ । 

Advertisement

कालोसूचीमा पर्नेमा मजदुर कन्स्ट्रक्सन प्रालि (सुर्खेत), खम्पाचे शेर्पा निर्माण प्रालि (काठमाडौं) र इन्द्रपुरी कन्स्ट्रक्सन फर्म (पोखरा) रहेका छन् । 

त्यसैगरी रुपन्देही बिल्डर्स एन्ड कन्स्ट्रक्सन (काठमाडौं), प्राकृतिक निर्माण प्रालि (रुपन्देही), कश्यप निर्माण सेवा तथा सप्लायर्स (काठमाडौं) समिर कन्स्ट्रक्सन (नवलपरासी रहेका छन् । साथै, पुनः इन्द्रपुरी कन्स्ट्रक्सन (पोखरा), पारस बिल्डर्स एन्ड सप्लायर्स (काठमाडौं), प्रभु एन्ड सन्स निर्माण सेवा (सुनसरी) र न्यू मालिका निर्माण सेवा (गुल्मी) रहेका कार्यालयले जनाएको छ । 

यो अवधिभर माथि उल्लिखित कुनै पनि कम्पनी सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । 

undefined
 

Advertisement

Advertisement