काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।
पहिलोपटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीको आईपीओमा लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाडँफाँट गरेपश्चात् सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता शेयर जारी गरेको हो । कम्पनीको शेयर प्रतिकित्ता ३६०.९० रुपियाँ रहेको छ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । यस शेयरमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यसमा ५० कित्ता शेयरमा आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ लाग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले ‘इक्रा एनपी इस्युअर रेटिङ त्रिपल बी’ पाएको छ । । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्ने मध्यस्तरको क्षमता रहेको संकेत गर्दछ ।