काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक बोर्ड नेपालले ६ कम्पनीलाई सडक दस्तुर बुझाउन निर्देशन दिएको छ ।
बोर्डले विभिन्न फर्म तथा निर्माण व्यवसायीबीच सडक उपभोग दस्तुर संकलनार्थ भएको सम्झौताअनुसार बुझाउन बाँकी रहेको दस्तुर, मासिक किस्ता, हर्जना आदि ३५ दिनभित्र बुझाउन निर्देशन दिएको हो ।
फर्म तथा निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरी रकम बुझाउन आग्रह गर्दासमेत बेवास्ता गरेको बोर्डको भनाइ छ ।
निर्धारित समयभित्र बोर्डको खातामा रकम (ब्याज लाग्ने भए सोसहित) जम्मा नभएमा कारबाहीको प्रक्रियासमेत अघि बढाइने बोर्डले जनाएको छ ।