काठमाडौं । शेयर बजार स्थिर देखिएको छ । आज बजार ०.८७ अंकले तल झरेको हो । ०.०४ प्रतिशत बजार घट्दा नेप्से २०००.७७ अंकमा अडिएको छ ।
आज ३०८ कम्पनीको ५१ लख १५ हजार ६ सय ५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लख ९ सय ७७.४२ रुपियाँ बराबरको कारोबार भएको भएकोहो ।
बजार स्थिर रहे पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, बीपीडब्लू लघुवित्त र चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.६४ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि सोनापुर मिनिरल्सको उच्च करोबार भएको छ । उक्त कम्पनीको १२ करोड ६९ लाख ६५ हजार ५ सय ५४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७०.५१ रुपियाँ, सोमबार १३.२८ अंकले बजार बढ्दा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ र हिजो मंगलबार ९.३४ अंकले बजार बढ्दा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६.२१ रुपियाँ बराबरको कारोबार भएको थियो ।