काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई बाँडफाट गरिएको छ ।
प्रतिइकाई रु १०/– दरको १०,००,००,००० इकाईको १४ प्रतिशत अर्थात १,४०,००,००० इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई र १% ले हुन आउने बिजपूँजी वापतको १०,००,०००/– इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी सार्वजनिक निष्काशन मार्फत रु. ८ करोड ५० लाख इकाई आज बाँडफाँट गरिएको हो ।
गत माघ २८ देखि फागुन १३ गतेसम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १४ (चौध) प्रतिशत विजपूँजी वापतको १,४०,००,००० इकाई कोष प्रवद्र्धक कम्पनी र १ (एक) प्रतिशत बिजपूँजी वापतको १०,००,००० इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गरिउको हो ।
आज बिहान कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने २९,१६० जना मध्ये रितपूर्वक आवेदन दिने २९,१३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरियो । दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भयो ।