काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरिसकेको छ । तसर्थ माघ १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात्र कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपियाँ पुग्नेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।