काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपियाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ सात पैसा र बिक्रीदर एक सय ७४ रुपियाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपियाँ ५५ पैसा र बिक्रीदर एक सय ५६ रुपियाँ २४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ५७ पैसा र बिक्रीदर ८८ रुपियाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ५२ पैसा र बिक्रीदर ९६ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ र बिक्रीदर एक सय दुई रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ८५ पैसा र बिक्रीदर आठ रुपियाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ दुई पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७५ पैसा र बिक्रीदर ३५ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७ रुपियाँ एक पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ , युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७१ पैसा र बिक्रीदर ३० रुपियाँ ८५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५८ पैसा र बिक्रीदर १२ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ६३ पैसा र बिक्रीदर १९ रुपियाँ ७२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ २८ पैसा र बिक्रीदर १७ रुपियाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ ४० पैसा र बिक्रीदर चार सय ४० रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ २० पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ७९ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।