अख्तियारले पक्राउ गर्ने तयारी गरेपछि राजीनामा दिँदै मुख्यसचिव अर्याल

Advertisement

काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिने तयारी गरेका छन् । संभवतः उनले आज आइतबार नै राजीनामा दिनसक्ने स्रोतको अनुमान छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरीदमा भएको अनियमिततामा तत्कालिन सुचना तथा सञ्चार मन्त्रालयका सचिव अर्यालको समेत संलग्नता देखिएपछि पक्राउको तयारी गरिएको हो । 

Advertisement

अख्तियारले ‘तपाइँलाई पदमा बहाल हुँदाहुँदै पक्राउ गर्ने कि पदमुक्त अवस्थामा पक्राउ गर्ने ? आफै विचार गर्नुस्’ भनेपछि अर्यालले राजीनामा दिने तयारी गरेका हुन् । यसअघि अख्तियारले उनलाई बोलाएर बयानसमेत लिएको थियो । 

टेरामक्स खरीद प्रकरणमा तत्कालिन सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीदेखि मोहनबहादुर बस्नेतसमेत तानिने संभावना छ । उनीहरुलाई समेत अख्तियारले बयान लिएको थियो । 

Advertisement

Advertisement