बैंकमा बचतकर्ताको पैसाभन्दा एकतिहाई धेरै बैंकको तरल सम्पत्ति छ, डराउनुपर्दैन्ः अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरेका छन् । 

आइतबार संसदको अर्थ समितिको बैठकमा बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए । अधिकारीले बैंकहरुको कोर पुँजी आठ प्रतिशतभन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको बताए । उनले केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको उनले स्वीकार गरे । 

Advertisement

कोर पुँजीको दबाब रहेका बैंकले कर्जाको आकार बढाउन पुँजी बढाउनुपर्ने स्थिति रहेको अधिकारीले बताए । उनले पछिल्लो समय बैंकहरुसँग लगानी गर्ने छ खर्ब रुपियाँको तरलता रहेको उल्लेख गर्दै बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको बताए । उनले बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उल्लेख गरे । 

अधिकारीले बैंकहरुको खराब कर्जा बढ््नमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, पुर्नभुक्तानीमा कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला, ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्ति र असम्भव आश्वासनहरु भएको बताए । 

उनले भने, ‘नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी प्रणाली रहेको छ । क्यापिटल इक्विटीलाई सुरक्षितको रुप हेर्न सकिन्छ । कोर पुँजी आठ प्रतिशत रहेकाले छ भने केही बैंकहरुलाई यसको दबाब रहेको महशुस गरेका छौं । लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति छ । बैंकहरुसँग लगानी गर्ने छ खर्ब रुपियाँको तरलता छ । छ खर्ब रुपियाँ लगानी गर्नसक्ने क्षमता छ ।’ 

अधिकारीले थपे, ‘बैंकहरुको अर्को महत्वपूर्ण सूचक एनपीए कर्जाको गुणस्तर हो जुन कर्जाको गुणस्तर खस्केको छ । बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको छ । खराब कर्जा बढ््नु कारण समग्र बजारको अवस्था, अर्थतन्त्रमा सिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षेमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ । अराजक अभिव्यक्तिहरु र असम्भव आश्वषणहरु बजारमा फैल्याएर ऋण नतिर्दा पनि हुन्छ, मैले मात्रै दिँदा अरुले नतिरे पनि हुने अवस्था आयो भन्ने जस्ता मानसिकताको कारणले ऋण उठेको छैन् जुन गलत छ । त्यसले प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर गरेको छ ।’ 

बैंकहरुको कर्जा गुणस्तर कमजोर हुने अवस्था देखिएको उनले बताए । गभर्नर अधिकारीले बैंकहरु सबल र सुरक्षित रहेको दोहोर्याउँदै बचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा एकतिहाई बढी बैंकहरुसँग लिक्विटी सम्पत्तिको रुपमा रहेको बताए । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रियस्तरकै रहेको उनले बताए । 

अधिकारीले भने, ‘अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो पाउँछौं । तर आन्तरिक परिस्थितिले गर्दा कँही अफ्ठ्राहरु देख्छौं । बैंकिङ क्षेत्रको सवलतालाई हेरेर विदेशी बैंक र फाइनान्सहरुले नियमित रुपमा फाइनान्स गरिरहेका छन् । राम्रोसँग ऋण दिएरहेका छन् । हाम्रो बैंकिङ प्रणालीमा समस्या भए ऋण दिँदै दिँदैनन् । उनीहरुले अहिले पनि हाम्रा वित्तीय संस्थाहरुलाई ऋण दिइरहेकाले पनि नेपालका बैंकहरु र प्रणाली सवल छन् भन्न सकिन्छ ।’

उनले बचतकर्ताहरुले बचत गरेको निक्षेपभन्दा तीन गुणा बढी बैंकहरुसँग सम्पत्ति रहेकाले डराउनु पर्ने अवस्था नभएको बताए । अधिकारीले राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो रहेको बताए । 

Advertisement

Advertisement