आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा, पहाडी भेगमा हिमपात

Advertisement

काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिमी न्यून चापीय प्रणालीका कारण कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले ज नाएको छ । 

Advertisement

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

त्यसैगरी, राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताइएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

 
 

Advertisement

Advertisement