काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २२.९८ प्रतिशतले घटेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म ६ करोड ७९ लाख रुपियाँ नाफा कमाएको छ । जबकि गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ८ करोड ८२ लाख रुपियाँ थियो ।
त्यस्तै, समीक्षा अवधिमा संस्थाको सञ्चालन नाफा १२ करोड ६० लाख रुपियाँबाट घटेर ९ करोड ७१ लाख रुपियाँ मा झरेको छ ।
चालु आवमा संस्थाको खुद ब्याज आम्दानी भने २४.५० प्रतिशतले बढेर ४१ करोड ६१ लाख रुपियाँ पुगेको छ, जुन गत वर्ष ३३ करोड ४२ लाख रुपियाँ थियो ।
समीक्षा अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी पनि ४० करोड २० लाख रुपियाँ बाट बढेर ४६ करोड २२ लाख रुपियाँ पुगेको छ ।
समीक्षा अवधिमा संस्थाको खराब कर्जा ५.१४ प्रतिशतबाट बढेर ९.०१ प्रतिशत पुगेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी २२.७६ रुपियाँ बाट घटेर १५.९४ रुपियाँ मा झरेको छ भने संस्थाको प्रतिशेयर नेटवर्थ २१७.६२ रुपियाँ छ ।
१ अर्ब ७० करोड रुपियाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा १ अर्ब ५९ करोड रुपियाँ छ ।