राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज

Advertisement

काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् । माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् । त्यस्तै एक जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ । 

Advertisement

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएको छ । 

उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ । 

शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरू आजको राष्ट्रिय सभा बैठकमा सहभागी हुनेछन् । सको बैठक दिउँसो १ः१७ बजेका लागि बोलाइएको छ । 

Advertisement