गठवन्धन टुटिसक्दा समेत कांग्रेसका मन्त्रीहरुले अझै दिएनन् राजीनामा, पार्टीको निर्णय कुर्ने

Advertisement

काठमाडौं । आफ्नो पार्टीसहितको गठवन्धन भत्किएर नयाँ गठवन्धन बन्दासमेत नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिन ढिलाई गरेका छन् । 

पार्टीले औपचारिक निर्णय नगरेकाले राजीनामा नदिएको कांग्रेस स्रोतको भनाई छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सकेसम्म अहिलेको गठवन्धन जोगाउने भद्र सहमतिअनुसार छटौं पटक प्रधानमन्त्री हुने प्रतिक्षामा छन् । 

Advertisement

सरकार जोगाउने प्रयासमा अन्तर पार्टी छलफलमा जारी रहेका उनले यसअघिको गठवन्धनको बैठक बोलाउने प्रयास गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल निके अघि बढेर एमालेसँग मिलेकाले सो कुरा असफल भएको छ ।  

गठवन्धनमा कांग्रेसबाट पूर्णबहादुर खड्का, धनराज गुरुङ, प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, डिगबहादुर लिम्बु, सीता गुरुङ, रमेश रिजाल, सुरेन्द्र आचार्य, एनपी साउद मन्त्री थिए । 

Advertisement