माओवादी जमेको पोखरी होइनः दाहाल

Advertisement

काठमाडौं । पुनः गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरतामा क्रम भंगता भएको तर्क गरेका छन् । 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यसलाई नयाँ ‘उथलपुथल’को संज्ञा पनि दिए । दाहालले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’

Advertisement

माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले निरन्तरतामा क्रम भंग गरेको उनले तर्क गरे । आफूहरुलाई घेरा हालेर सिध्याउने कोशिष भएपनि त्यसलाई तोड्दै आएको भन्दै दाहालले आफू नर्मदासम्म देशमा उथलपुथल भइरहने बताए । 

चुनावपछि एमालेसँगको गठवन्धनमा प्रधानमन्त्री भएका दाहालले बीचमा एमालेलाई छोडेर नेपाली कांग्रेससँगको गठवन्धनमा प्रधानमन्त्री भएका थिए । अहिले फेरि कांग्रेससँग गरेको गठबन्धन तोड्दै एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।

Advertisement

Advertisement