फेरियो सत्ता गठबन्धनः माओवादी, एमाले र रास्वपाका १-१ मन्त्रीले लिए सपथ

Advertisement

काठमाडौं । माओवादी, काँग्रेस, समाजवादीसहित सत्ता गठबन्धन फेरिएको छ । आज बनेको माओवादी, एमाले र रास्वपासहितको गठबन्धन अनुसार तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले सपथ लिएका हुन् । 

Advertisement

आजै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।जसपाबाहेक अरु दलको एक–एक जना आजै मन्त्रिपरिषदमा सहभागि भएका छन् । 

उनीहरुको कार्यभार तोकिएको छैन । राष्ट्रपति कार्यालयका अनुसार उनीहरुको कार्यभार पछि तोकिनेछ । 

प्रधानमन्त्रीको सिफारिसमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनअनुसार प्रधानमन्त्री दाहालले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायातलगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार सम्हाने छन् ।  

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

undefined

Advertisement