एमाले महासेठको नेतृत्वमा सरकारमा जाने

Advertisement

काठमाडौं । नयाँ गठवन्धनको सरकारमा नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा जाने भएको छ । यससँगै उनले उपप्रधानमन्त्री समेत पाउने करिव निश्चित भएको छ । 

मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको हो । एमालेका अनुसार महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने छन् । 

Advertisement

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले गृह मन्त्रालयसहित सरकारमा जाने भएका छन् । 

Advertisement