अर्थ, गृह, परराष्ट्र सबै छोडेर पार्टीका सचिव तहको नेतृत्वमा किन सरकारमा गयो एमाले ?

Advertisement

काठमाडौं । नयाँ गठवन्धनको सरकारमा नेकपा एमाले आफ्नो पार्टीका सचिव रघुवीर महासेठको नेतृत्वमा जाने भएको छ । पार्टीको नेतृत्व गर्ने भएसँगै उनले उपप्रधानमन्त्री समेत पाउने करिव निश्चित भएको छ । 

मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको हो । तर सत्तारुढ गठवन्धनको सबैभन्दा ठूलो दल एमालेले प्रभावशाही मन्त्रालयहरु अर्थ, गृह, परराष्ट्र सबै छोडेर किन सचिव तहको नेताको नेतृत्वमा सरकारमा जाने निर्णय गर्यो ? यो कुराले धेरैले अर्थपूर्णरुपमा हेरेका छन् । 

Advertisement

नयाँ समझदारीअनुसार गृह रवि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई फेरि दिइएको छ जो आफै पछिल्लो समयमा विवादमा पर्दै आएका व्यक्ति हुन् । त्यस्तै, अरु दुई प्रभावशाली मन्त्रालयहरु परराष्ट्र र अर्थमा माओवादी केन्द्रका क्रमसः नारायणकाजी श्रेष्ठ र बर्षमान पुनलाई पठाउने तय भएको छ । 
  
धेरैको अनुमानअनुसार बिष्णु पौडेलले एमालेबाट सरकारमा नेतृत्व गर्ने अनुमान गरेका थिए । तर उनलाई नपठाएर रघुबीरलाई पठाइएको छ । यद्यपि व्यापार व्यवसायमा समेत लागेका रघुवीर महासेठ एमालेका अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् ।  

Advertisement