निवर्तमान कृषिमन्त्री भन्छन्– अर्थतन्त्र संकटग्रस्त छ

Advertisement

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् । 

बिहीवारको राष्ट्रिय सभामा उनले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताए । 

Advertisement

अर्थतन्त्रको समस्या गम्भीर चुनौतिको रुपमा रहेको भुसालको भनाई छ । उनले अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताए । भुसालले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय गणतन्त्रका बारेमा प्रश्नहरु उठिरहेको बताए । 

उनले अहिलेको समीकरण फेरि परिवर्तन नहुने गरी अघि बढ्नुपर्ने बताए । भुसालले भने, ‘आज मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा छ । अस्तिको दिनसम्म म आफैँ सरकारमा थिएँ । प्रधानमन्त्रीसँग पटकपटक छलफल गरेका छौँ । अर्थतन्त्रका केही केही सूचकांकहरु खासगरी वाह्य सूचकांकहरुमा सुधार देखिएको छ । तर पनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्याहरु छन् । एउटा गम्भीर चुनौतिको रुपमा यतिबेला हाम्रो अर्थतन्त्र संकटमा छ । यसलाई समाधान गर्नका निम्ति यो सरकार सफल बनोस् ।’

Advertisement

Advertisement