सुनको मूल्य तोलाको एक हजार बढ्यो, एक लाख २६ हजारमा कारोबार

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला एक हजार बढेर  हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

उस्तै चाँदीको मूल्य पनि ५ रुपियाँ बढेर प्रतितोला १ हजार ४ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement