‘अकबर’ र ‘सीता’ नामका सिंहको जोडीको नाम परिवर्तन गर्न भारतको एक अदालतको आदेश

Advertisement

काठमाडौं । कलकत्ता उच्च अदालतको जलपाईगुडी सर्किट बेन्चले जनहित मामिलासम्बन्धी एउटा मुद्दामा सुनुवाइ गर्दै राज्य सरकारलाई त्यहाँको चिडियाखानामा रहेका एउटा भाले र अर्को पोथी सिंहको नाम परिवर्तन गर्न आदेश दिएको छ ।

बीबीसीका अनुसार उक्त जनहित याचिकामा अदालतको फैसलामा चिडियाखानामा राखिएको भाले सिंहको नाम ‘अकबर’ र पोथी सिंहको नाम ‘सीता’को नाम परिवर्तन गर्न आदेश दिएको हो । दुवै सिंहलाई यही गएको फेब्रुअरी १२ मा त्रिपुराबाट ल्याएर सिलगुडीको सफारी पार्कमा राखिएको थियो ।

Advertisement

विश्व हिन्दू परिषद्ले हिन्दूहरूको धार्मिक भावनामा चोट पुग्ने भन्दै अदालतमा निवेदन दिएको थियो । उक्त निवेदनमा अदालतबाट नाम परिवर्तन गर्न आदेश भएको हो । अदालतले राज्य सरकारका वकिल देवज्योति चौधरीलाई किन उनीहरूले आफ्नो घरपालुवा जनावरको नाम कुनै हिन्दू देवता वा मुस्लिम पैगम्बरको नाममा राख्छन् भनेर पनि सोधेको थियो ।

न्यायाधीशले देशको एउटा ठूलो वर्गले सीताको पूजा गर्ने र अकबर एकजना धर्मनिरपेक्ष मुगल सम्राट भएको बताउँदै के कसैले रवीन्द्रनाथ ट्यागोरको नाममा जनावरको नाम राख्न सक्छ ? भनी प्रश्न गरेका थिए ।

अदालतमा सुनुवाइका क्रममा राज्य सरकारका वकिलले बताए अनुसार यी दुई जनावरको नाम क्रमशः सन् २०१६ र २०१८ मा त्रिपुरामा राखिएको थियो। तर उनीहरूलाई यहाँ ल्याएपछि नामको विवाद सुरु भएको थियो । 

Advertisement

Advertisement