जेम्स वेभ टेलिस्कोपले खिच्यो तारा विस्फोट भएको तस्वीर

Advertisement

काठमाडौं । अन्तरिक्षको तस्वीर खिच्न बनाइएको अत्याधुनिक दूरविन जेम्स वेभ सुपर स्पेस टेलिस्कोपले तारा विस्फोट भएको (सुपर नोभा) तस्वीर खिचेको छ ।

उक्त दरविनले आकाशको दक्षिणी गोलार्धमा देखिएको सबभन्दा प्रख्यात र धेरै अध्ययन गरिएको खगोलीय वस्तुमा पर्ने सुपरनोभाको तस्वीर खिच्न सफल भएको बीबीसीले जनाएको छ । यो विस्फोटलाई एसएन१९८७ए नाम राखिएको छ ।

Advertisement

सन् १९८७ मा विस्फोट भएको उक्त ताराको अहिले तस्वीर पृथ्वीमा आइपुगेको हो । झण्डै चार सय बर्षमा पृथ्वीबाट सबैभन्दा नजिक र पृथ्वीबाट देख्न सकिएको जनाइएको यो विस्फोटको तस्वीर मोतीको हार जस्तै छ ।  

विस्फोट भएको तारा पृथ्वीबाट एक लाख ७० हजार प्रकाश वर्ष टाढा रहेको म्याजल्यानिक क्लाउड तारामण्डलमा अवस्थित रहेको खगोलविदहरुको भनाई छ । यस्तो विस्फोटहरुको अध्ययन गर्न उनीहरु लामो समयदेखि लाग्दै आएका छन् ।  

विस्फोट भएको तारामा ग्यास र धुलो पनि देखिन्छ । यस्तो विस्फोट हुँदा बढी चमक देखिने गर्दछ । 

Advertisement

Advertisement