कांग्रेसको पालामा नियुक्त तीन जना प्रदेश प्रमुख निष्कासित, नयाँलाई नियुक्ति

Advertisement

काठमाडौं । सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । सो ठाउँमा नयाँलाई नियुक्त गर्न तीन जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेको छ। 


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रमुख हरिशंकर मिश्र, गण्डकीका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

Advertisement

त्यस्तै, मधेस प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रमुखमा नजिर मियाँलाई सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिइन् । संघ र प्रदेशबीच आवश्यक समन्वयका लागि उनीहरुलाई पदमुक्त गरिएको उनको तर्क छ ।

रेखा शर्माले भनिन, ‘प्रदेश र संघबीच आवश्यक समन्वय हुन जरुरी छ। प्रदेशहरूमा मन्त्री नियुक्ति र बर्खास्त गर्ने काम भइरहेको छ। समन्वय सहज होस् भनेरै यसो गरिएको हो ।

Advertisement

Advertisement