सहकारी विवादमा परेका गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने  कांग्रेसको संकेत

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै यो  समस्या समाधान नभएसम्म संसद चल्छ भन्ने नसोच्न सचेत गराएकी छन् । 

प्रतिनिधि सभाको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाइन् । बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि बोल्दै थिङले उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री दाहालले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन् । 

Advertisement

उनले भनिन्, ‘उहाँलेले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ । साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ ।’

आफूहरुसहितको गठवन्धन भत्काएर प्रधानमन्त्री दाहालले नेकपा एमालेसँग पुनः गठवन्धन गरेपछि कांग्रेस रुष्ट भएको छ । अब सहकारी ठगी प्रकरणमा अनुसन्धान होला कि नहोला ? भन्दै थिङले भनिन् ‘के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफैंलाई दोषी हो भन्न ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला यो सम्मानीय प्रधानमन्त्रीज्यूले जवाफ दिने कि नदिने ?’

Advertisement

Advertisement