काँग्रेसभित्रको कचिङ्गल सफा भयो भने म खुशी हुन्छुः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताएका छन् । 

बुधवारको प्रतिनिधि सभाको बैठकमा उनले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताएका हुन् । 

Advertisement

दाहालले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताए । उनले काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताए । दाहालले नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा –माओवादी केन्द्र) को समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताए । 

उनले भने, ‘पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित भएको थिएँ । तर आज मैले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा म खुशी छु । काँग्रेसभित्र पनि राम्रो एकता हुँदैछ । म नेपाली काँग्रेसका नेता साथीहरुलाई र सबैलाई विशेष रुपमा भन्न चाहन्छु की यो एकता प्रचण्डका कारणले भएको छ । यसलाई राम्रोसँग टिकाउनु होला । यसलाई शान्तिमा बदल्नुहोला । म खुशी नै छु । देशको लोकतन्त्रलाई बलियो बनाउन सुदृढ गर्न सहयोग पुग्छ । नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भयो भने म खुशी नै हुन्छु । म नेपाली काँग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसका सभापति दुई पटक प्रधानमन्त्री बनेको नबिर्सिनुहोला ।’

Advertisement

Advertisement