शेयर बजार दोहोरो अंकले बढ्यो, सबै समूहमा हरियाली

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.३३ अंकले बढेको हो । ०.७२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८०.२७ अंकमा पुगेको छ । 

Advertisement

आज सबै समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी ३.९८ प्रतिशतले बढेको हो ।

undefined

३०८ कम्पनीका ६८ लाख ७८ हजार १ सय ५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५.८२ रुपियाँ बराबरको काराबार भएको हो । 

पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ९.८४ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.६३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पोखरा फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १३ करोड ५ लाख ९२ हजार ५ सय ८४.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 


 

Advertisement

Advertisement