आज प्रधानमन्त्रीले सांसदका प्रश्नहरूको जवाफ दिने

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । 

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । 

Advertisement

प्रधानमन्त्रीबाट जवाफ पाउनुअघि सांसदहरूले संसद् सचिवालयमा पहिले प्रश्न टिपाउनुपर्ने व्यवस्था छ । 

संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

Advertisement