विनाद चौधरीबारे सीआईबीको सभामुखलाई पत्र

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिनिधसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

व्यवसायीसमेत रहेका चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेका हुन् । चौधरी नवलपरासीबाट प्रत्यक्षरुपमा विजयी साँसद हुन् । बाँसबारीको छालाजुत्ता कारखानाको जग्गाको विषयमा विवाद चल्दै आएको छ । चौधरीले उक्त जग्गा निजीकरणसम्वन्धी सरकारको तत्कालिन नीति र नियमअनुसार खुल्ला प्रतिस्पर्धाबाट हकहस्तान्तरण गरिएको बताउँदै आएका छन् । यता सरकारी पक्षले भने मन्त्रिपरिषदले मात्रै उक्त जग्गा बिक्री गर्न पाउने तर्क गरेको छ । 
 

Advertisement

Advertisement

Advertisement