निक्षेप संकलन उपकरणमार्फत बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपियाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन बोलकबोल आज शुक्रबार (चैत ९ गते) हुनेछ । 

Advertisement

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ । 

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । साँवा र ब्याज भुक्तानी भने चैत ३० गते हुने बताइएको छ । 

साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

निक्षेप संकलनका लागि आह्वा गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वा गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ । 

undefined
 

Advertisement

Advertisement