सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त हस्पिटलमा १५ प्रतिशत छुट

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले  भारतको गुडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन् । अस्पताल र बैंकबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।

गुडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

Advertisement

यो सम्झौताबाट हालसम्म बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको बताइएको छ ।

आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले पाउनेछन्। बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्षदेखि उपलब्ध गराउँदै आएको बताएको छ ।

Advertisement

Advertisement